खाेज्नुहाेस

हमासद्वारा थप तीन बन्धक रिहा

Image

एजेन्सी – गाजास्थित इस्लामिक लडाकू समूह (हमास)ले शनिबार थप तीन जना इजरायली बन्धकहरूलाई रिहा गर्दै रेडक्रसको जिम्मा लगाएका छन् । बदलामा शनिबार नै इजरायली हिरासतबाट ३६९ जना प्यालेस्टिनीहरूलाई रिहा गरिनेछ । हमासका लडाकूहरूले गाजाको दक्षिणी शहर खान युनिसको एक मञ्चमा बन्धकहरूलाई छाडेपछि रेडक्रसको जिम्मा लगाउनुअघि भीडलाई सम्बोधन गर्न भनिएको थियो ।

navjiwan hospital

अपहरणकारीहरूले दिएको उपहारको झोला र आफ्नो कैदको अन्त्यको प्रमाणपत्र समातेर लडाकुहरूको साथमा रहेका तीनै जनाले युद्धविराम सम्झौताअन्तर्गत थप बन्धक आदानप्रदान पूरा गर्न आह्वान गरेका थिए ।

attariya hospital

गत जनवरी १९ मा इजरायल र हमासबीच भएको युद्धविराम सम्झौता भङ्ग हुन लागेको आशङ्कापछि शुक्रबार दुवै पक्षले शनिबारको अदलाबदली अघि बढ्ने सङ्केत दिएका छन् । यो बन्धक तथा कैदी आदानप्रदानको छैटौँ समूह हो ।

नेपाली युवा विपिन जोशी पनि सहासको नियन्त्रणमा रहेको भनिएको छ । तर, उनी यस अझै रिहा हुन सकेका छैनन् ।