चरा अवलोकनका लागि महत्वपुर्ण गन्तव्य बन्दै धनगढीको जाखोर ताल

धनगढी – धनगढीमा रहेको जाखोर तालमा चरा अवलोकनका लागि महत्वपुर्ण गन्तव्य बनेको छ । कैलालीको धनगढी उपमहानगरपालिका– ७, देवहरिया बनस्पति उद्यानमा रहेको उक्त ताल पछिल्लो समय चरा अवलोकनका लागि मुख्य गन्तव्य बन्न थालेको हो ।

Karma Consultancy
belauri nagarpalika

उक्त तालमा विभिन्न प्रजातिका रैथाने र आगन्तुक जलपन्छीको उपस्थिति देखिन थालेको छ । जहाँ हरिहाँस, नकटा, सिलसिले हाँस, बगाले सिम कुखुरा, लामऔँले, कुर्मा, कर्रा साउँरी, जलेवा, बकुल्लालगायत विभिन्न प्रजातिका जलपन्छी देखिने गरेको चराविद् एवं अनुसन्धानकर्मी हिरुलाल डगौराले बताए ।

citizen security services

देहरिया वनस्पति उद्यानमा १२.५ हेक्टर क्षेत्रफलमा फैलिएको उक्त तालमा यस वर्ष १७ प्रजातिका जलपन्छी अभिलेख भएको उनले बताए । सहरी क्षेत्रमा उक्त ताल चरा अवलोकनका लागि निकै महत्वपूर्ण गन्तव्य रहेको समेत उनले बताए ।

attariya hospital

पछिल्लो समय चरा अवलोकनका लागि विभिन्न ठाउँबाट चराप्रेमी जाखोर ताल पुग्ने गरेका छन् । उक्त तालमा पछिल्लो समय नेपालमा सङ्कटापन्न नकटा चरासहित सिलसिले हाँसको उपस्थिति निकै राम्रो छ । हाँस जातिको ठुलो नकटा चरा जाखोर तालमा दिनभरि पानीमा आहारविहार गरेको दृश्य आकर्षक देखिन्छ । यसै गरी विभिन्न प्रजातिका चराको आवाजले मन आनन्दित बनाउने गरेको छ ।

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.