खाेज्नुहाेस

हमासले आज थप तीन बन्धक रिहा गर्दै, विपिनको नाम परेन

Image

काठमाडौं – हमासले आज तीनजना इजरायली बन्धक रिहा गर्ने भएको छ। युद्धविराम सम्झौताअन्तर्गतको पाँचौं चरणमा यी बन्धकहरूलाई मुक्त गरिने बताइएको छ।

navjiwan hospital

आज रिहा हुने इजरायली बन्धकहरूको नाम सार्वजनिक भइसकेको छ। बीबीसीका अनुसार, हमासले ५६ वर्षीय ओहद बेन अमी, ५२ वर्षीय एली शराबी र ३४ वर्षीय ओर लेभीलाई रिहा गर्दैछ। तीमध्ये अमी र शराबीलाई किबुत्ज बेरीबाट र ओर लेभीलाई नोभा म्युजिक फेस्टिबलबाट बन्धक बनाइएको थियो।

attariya hospital

युद्धविरामपछि हमासले हालसम्म १८ बन्धकलाई मुक्त गरिसकेको छ भने इजरायलले ३८३ बन्दीलाई रिहा गरेको छ। सम्झौताअनुसार हमासले ३३ बन्धक र इजरायलले १९०० बन्दीलाई मुक्त गर्ने सहमति गरिएको छ।

नेपाली युवा विपिन जोशीको नाम भने यस पटक पनि बन्धक सूचीमा परेन।