काठमाडौं – अमेरिकामा फेरि विमान दुर्घटना भएको छ । स्थानीय समयअनुसार शुक्रबार बेलुका साढे ६ बजे फिलाडेल्फियाको रुजवेल्ट मलनजिकै निजी विमान दुर्घटना भएको हो ।

दुर्घटनामा विमानमा सवार ६ जनाकै मृत्यु भएको बीबीसीले जनाएको छ । विमानमा चालक दलका चार सदस्य, एक बिरामी बालक र उनलाई हेरचाह गर्ने एक जना सवार थिए । उनीहरुको परिचय भने खुल्न सकेको छैन ।

भीडभाड भएको क्षेत्रमा दुर्घटना हुँदा धेरै घर र सवारी साधनमा आगलागी भएको थियो । राष्ट्रपति डोनाल्ड ट्रम्पले घटनाप्रति दुःख व्यक्त गरेका छन् । उनले ट्रुथमा लेखेका छन्, “फिलाडेल्फियामा भएको विमान दुर्घटना देखेर धेरै दु:ख लाग्यो । धेरै निर्दोष मानिसहरूले हामीलाई छोडे । हाम्रा मानिसहरू उद्धार कार्यमा पूर्ण रूपमा संलग्न छन् । भगवानले सबैको कल्याण गरून् ।

यसअघि बुधबार राति राजधानी वाशिङ्टन डीसीमा विमान र हेलिकोप्टर ठोक्किएर भएको दुर्घटनामा सबै ६४ जनाको मृत्यु भएको थियो ।