देउडा प्रतिष्ठानको केन्द्रीय अध्यक्षमा डोटेली कान्छा

अत्तरिया– देउडा प्रतिष्ठानको केन्द्रिय अध्यक्षमा सुरत रावत ‘डोटेली कान्छा’ निर्विरोध चयन भएका छन । शनिबार सम्पन्न प्रतिष्ठानको चौथो साधारण सभा तथा दोस्रो अधिवेशनले रावतलाई सर्वसम्मत अध्यक्षमा चयन गरेको हो ।

maya metro hospital

अधिवेशनले प्रतिष्ठानको उपाध्यक्षमा भक्तराज जोशी, महिला उपाध्यक्षमा सरिता कठायत, महासचिवमा तोयनाथ भट्ट, उपमहासचिवमा प्रेम बिबश चन्द, साँगठनिक सचिवमा बिष्णु भक्त खैर, प्रशासनिक सचिबमा धर्मराज जोशी, कोषाध्यक्षमा कृष्णा सिराडी र सह–कोषाध्यक्ष धनसरा साउँद लाई चयन गरेको छ ।

citizen security services

त्यस्तै सदस्यहरुमा केशबराज फुलारा, धनेश्वरी रेग्मी, चन्द्र बहादुर थापा, सरस्वती धामी र जयन्ती धामी निर्बिरोध निर्वाचित भएको मुख्य निर्वाचन अधिकृत पदम बहादुर धामीले जानकारी दिए । समिति चौथो साधारणसभा तथा दोस्रो अधिबेशनको बन्दसत्रमा २५ सदस्यीय कार्यसमिति गठनका लागि निर्वाचन प्रकृया अघि बढाईएको थियो ।

attariya hospital

निर्वाचन प्रकृया अनुसार बाँकी रहेका पदहरु संशोधित बिधान प्रशासनबाट पारित भएपछि मनोनीत हुने मुख्य निर्वाचन अधिकृत धामीले बताए ।

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.