खाेज्नुहाेस

रेल दुर्घटनामा १२ जनाको मृत्यु, ३ नेपालीको सनाखत

Image

नयाँ दिल्ली – महाराष्ट्रको जलगाउँ जिल्लामा रेल दुर्घटना हुँदा १२ जनाको मृत्यु भएको छ । बुधबार पुष्पक एक्सप्रेस रेलमा आगो लागेको अफवाहका कारण भागदौड हुँदा विपरीत दिशाबाट आएको कर्नाटक एक्सप्रेस रेलले ठक्कर दिँदा १२ यात्रुको मृत्यु भएको हो । मृतक मध्ये ७ जनाको पहिचान खुलेको छ । ज्यान गुमाउनेमध्ये ३ जना नेपाली समेत रहेका छन् ।

navjiwan hospital

नेपाल निवासी करिब ११ वर्षीय नन्दराम विश्वकर्मा, २३ वर्षीय लच्छीराम पासी र ४३ वर्षीय कमला नवीन भण्डारीको सो दुर्घटनामा परी मृत्यु भएको हो ।

attariya hospital

ज्यान गुमाएकामध्ये भरतको जयगढीका ५० वर्षीय जवकला बुट्टे, २० वर्षीय नसिरुद्दीन बद्रुद्दीन सिद्दीकी, ३५ वर्षीय इम्तियाज अली र ३० वर्षीय बाबु खानको पहिचान खुलेको छ । बाँकी पाँच जनाको सनाखत हुन सकेको छैन । दुर्घटनामा अन्य कयौँ घाइते भएका छन् । उनीहरूको उपचार भइरहेको छ ।

Updateमहाराष्ट्र रेल दुर्घटनामा मुत्यु हुने ४ अछाम र १ कैलालीका