माघे सक्रान्तीको अवसरमा कैलालीको गोदावरीमा भक्तजनको घुईचो (फोटो फिचर)

अत्तरिया– माघे सक्रान्तीको अवसरमा कैलालीको गोदावरीधाममा भक्तजनहरुको घुँईचो लागेको छ । माघ १ गते गोदावरी धाममा दर्शन गर्न र स्नान गर्न जाने भक्तजनहरुको घुँईचो लागेको हो ।

maya metro hospital

citizen security services

माघे सक्रान्तीको अवसरमा गोदावरी धाममा मकर मेलाको आयोजना गरिएको छ । गोदावरी धाम विकास समितिले आयोजना गरेको उक्त मेलाको सोमबार उद्घाटन गरिएको थियो । १२ दिन सम्म लाग्ने मकर मेलाको अवसरमा बिहानै देखि गोदावरीमा स्नान गर्नेहरूको भिड लागेको हो ।

attariya hospital

माघे सङ्क्रान्तिलाई धार्मिक दृष्ट्रिकोणले उत्तिकै महत्वपूर्ण मानिएको छ । धार्मिक रूपले यस दिन कुनै मानिसले घर, आँगन र आफ्नो शरीर शुद्ध बनाउन सकेन भने सात जन्मसम्म पनि ऊ निर्धन र रोगी हुन्छ भन्ने मान्यता छ । यस दिन पवित्र नदीमा स्नान गरे पापमुक्ति र सुख–शान्ति हुने धार्मिक विश्वास रहेको छ ।

मकर मेलाका लागि गोदावरी नगरपालिकाले निःशुल्क बसको व्यवस्था गरेको छ । गोदावरी धाममा मेलाका लागि जाने भक्तजनहरुको सहजताका लागि अत्तरिया, मालाखेती, स्याउले र गेटाबाट ५ वटा बसको व्यवस्था गरिएको नगरपालिकाले जनाएको छ ।

मेलाका अवसरमा गोदावरी धाममा विभिन्न खालका पुजाका सामग्रीका स्टलहरुका साथै नास्ता पसलहरु पनि राखिएका छन ।

भिडियो

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.