खाेज्नुहाेस

कोलम्बियामा विमान दुर्घटना हुँदा १० जनाको मृत्यु

Image

बोगोटा – उत्तरपश्चिमी कोलम्बियामा एउटा सानो विमान दुर्घटना हुँदा कम्तीमा १० जनाको मृत्यु भएको अधिकारीहरूले पुष्टि गरेका छन्।

navjiwan hospital

प्यासिफिका ट्राभलद्वारा सञ्चालित उक्त विमान बुधबार जुराडोबाट मेडेलिन जाँदै गर्दा बेपत्ता भएको र एन्टिओक्वियाको उत्तरपश्चिम कोलम्बियाली विभागको उराओको ग्रामीण क्षेत्रमा दुर्घटनाग्रस्त भएको बताइएको छ। सो जहाजमा चालक दलका दुई सदस्य र आठ यात्रु सवार थिए।

attariya hospital

एन्टिओक्वियाको जोखिम व्यवस्थापन विभागका निर्देशक कार्लोस रियोस पुएर्टाले भने, ‘दुर्भाग्यवश, त्यहाँ कोही पनि बाँचेका छैनन्। हामीसँग साइटमा ३७ जना कर्मचारीहरू काम गरिरहेका छन्। प्रतिकूल मौसमी अवस्थाले रिकभरी प्रक्रियालाई जटिल बनाएको छ।’