खाेज्नुहाेस

स्वावलम्बन लघुवित्तद्धारा कृष्णपुरका २५ जना दृष्टिविहिनलाई सेतो छडी प्रदान

Image

अत्तरिया– कृष्णपुर नगरपालिकामा रहेका २५ जना दृष्टिविहिन अपांगता भएका व्यक्तिहरुलाई सेतो छडी प्रदान गरिएको छ । स्वावलम्बन लघुवित्त वित्तिय संस्था लिमिटेडले शनिबार २५ जना दृष्टिविहिन अपांगता भएका व्यक्तिहरुलाई सेतो छडी प्रदान गरेको हो ।

navjiwan hospital

कृष्णपुर दृष्टिविहिन संघ नेपालले आयोजना गरेको दृष्टिविहिन अपांगता भएका व्यक्तिहरुको अन्र्तराष्ट्रिय लुईस बेल दिवस कार्यक्रममा संस्थाले उक्त सहयोग गरेको हो । संस्थाले सामाजिक उत्तरदायित्व अन्र्तगत उक्त कार्य गरेको बताएको छ ।

attariya hospital

शनिबार नगरपालिकाको वडा नं. २ वाणीमा एक औपचारीक कार्यक्रमको आयोजना गरी अन्र्तराष्ट्रिय लुईस बेल दिवस मनाइएको थियो । कृष्णपुर दृष्टिविहिन संघ नेपालका अध्यक्ष करन सिँ साउँदको सभापतित्वमा आयोजित कार्यक्रमकी प्रमुख अतिथि कृष्णपुर नगरपालिकाकी उपप्रमुख द्रोपती राना रहेकी थिईन ।

कार्यक्रममा स्वावलम्बन लघुवित्त वित्तीय संस्था लि धनगढीका क्षेत्रीय प्रबन्धक राजेन्द्र कुमार श्रेष्ठ, कृष्णपुर शाखाका प्रमुख श्याम कुमार रमौली लगायत संघमा आवद्ध ५० जना दृष्टिविहिन तथा अन्य अपांगता भएका व्यक्तिहरुको सहभागिता रहेको थियो ।