धनगढी – बैतडीको दोगडाकेदार गाउँपालिका – १ रिम मल्ली डौरमका ३९ वर्षीय विष्णु साउदले उपचारको लागि सहयोगको अपिल गरेका छन् । शारीरिक रूपमा असक्त रहेका उनी मंसिर २१ गते बाख्रा चराउने क्रममा भीरबाट लडेर घाइते भएका थिए । भिरबाट लडेर घाइते भएका उनले दोगडाकेदार गाउँपालिका सँगको सहकार्यमा डडेल्धुरा अस्पतालमा उपचार गराएका थिए ।

थप उपचारका लागि बाहिर लग्नुपर्ने भए पनि उनको आर्थिक अवस्था अत्यन्तै कमजोर भएका कारण अहिले घरमै थला परेका छन् । उनको घरमा श्रीमती सहित एक छोरा ८ वर्षका र अर्का छोरा १२ वर्षका छन् । घर मुली नै थला परेपछि अहिले परिवारलाई बिहान बेलुका छाक टार्न समेत धौधौ परेको छ ।

स्थानीय प्रेम कार्कीले साउदको परिवारलाई सहयोग जुटाउन पहल भइरहेको भए पनि थप सहयोग आवश्यक परेकाले सबैमा अपिल गरिएको बताए ।
ग्लोबल आईएमई बैङ्क लगनखेल ब्रान्चमा रहेको विष्णु सिंह साउदको खाता नम्बर खाता ००७०७०१०१६९३६३ मा तथा उनको सम्पर्क नम्बर ९७६६९८४६२४ तथा उनका भतिजा नरेश साउदको सम्पर्क नम्बर ९७६९३८४५६६ मा सम्पर्क गरी सहयोग गरिदिन आग्रह गरिएको छ ।















