खाेज्नुहाेस

कविता

Image

बजारभाउ हुनुपर्ने हो महङ्गो नुनको, भइदियो सुनको
चट्टान सरि कडा हुनुपर्ने मन हो मेरो, भइ दियो उनको

…………………………….

attariya hospital

पेट भोको राखी लगाइएका, गहना को के अर्थ
जिबन र जगत त्यो कहाँ होर, जहाँ हुन्छ स्वार्थ

…………………………….

पशुहरु को समाज हुन्छ, हुदैन शहर
मान्छेहरु मा पनि चेतना गुमाउदा, पलाउछन फाल्तु रहर

…………………………….

navjiwan hospital

काबुमा सक्छौ राख त्यो मन, भौतारिन दिनु हुदैन
मुर्ख र अज्ञानीहरुलाई दिदै नदिनु उपदेश, छुदै छुदैन

…………………………….

बदला यसरी चुकाउनु छ, जहाँ तारिफ गरून् उनले
जीवन सजाउनु छ, सुन्दर बस्त्रले होइन गुनले

…………………………….

हिरा जति कडा भयपनी, रुप दिन्छ गहनाको
आफूलाई आफैले धन्य सम्झिनु छ, अपमान सहनाको

…………………………….

अरु मुर्ख सरि बन्दा, आफू बन्नु हुदैन
यति सहनसिलता राख, जहाँ केही र कसैले छुदैन

पदम ओझा
गोदावरी नगरपालिका– २ अत्तरिया, कैलाली