काठमाडौं – अमेरिकी पूर्वराष्ट्रपति जिमी कार्टरको १०० वर्षको उमेरमा निधन भएको छ।

मेलेनोमासहित स्वास्थ्य समस्याले ग्रसित कार्टरको प्लेन्स जर्जियामा रहेको आफ्नै घरमा निधन भएको बीबीसीले जनाएको छ।

कार्टरले १९७७ देखि १९८१ सम्म ३९औं राष्ट्रपतिको रूपमा सेवा गरेका थिए । कार्टरलाई अमेरिकी इतिहासमा सबैभन्दा वृद्ध राष्ट्रपतिका रूपमा लिने गरिएको छ।

















