खाेज्नुहाेस

दक्षिण कोरियामा विमान दुर्घटना हुँदा ६२ जनाको मृत्यु

Image

सोल — दक्षिण कोरियाको मुआन अन्तर्राष्ट्रिय विमानस्थलमा आइतबार भएको विमान दुर्घटनामा मृत्यु हुनेको संख्या ६२ पुगेको छ । ज्यान गुमाउनेमा ३७ महिला र २५ पुरुष छन् ।

navjiwan hospital

योनहाप समाचार संस्थाका अनुसार दुई जनाको जीवितै उद्धार गरिएको छ । १८१ जना बोकेर थाइल्याण्डको बैंककबाट फर्किएको जेजु एयरको विमान दक्षिण-पश्चिममा पर्ने मुआन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरणका क्रममा दुर्घटनामा परेको हो ।

attariya hospital

१ सय ७५ यात्रु र चालक दलका ६ सदस्य रहेको बोइङ ७३७-८०० विमान धावनमार्गमा चिप्लिएर पर्खालमा ठोक्किएको हो । विमानमा १ सय ७३ कोरियाली र २ जना थाई नागरिक थिए । आपत्‍कालिन सेवाका अधिकारीहरूले उद्धार कार्य जारी रहेको जनाएका छन् ।