खाेज्नुहाेस

विमानस्थलमा भएको बम आक्रमणमा जोगिए डब्ल्यूएचओका प्रमुख

Image

एजेन्सी- यमनको साना अन्तर्राष्ट्रिय विमानस्थलमा भएको बम आक्रमणमा विश्व स्वास्थ्य सङ्गठन ९डब्ल्यूएचओ० का प्रमुख डाक्टर टेड्रोस एड्हानम गेयब्रेयसस जोगिएका छन् । इजरायली हवाई आक्रमणका क्रममा डब्ल्यूएचओका प्रमुख र संयुक्त राष्ट्रसङ्घका अन्य कर्मचारी यमनको साना अन्तर्राष्ट्रिय विमानस्थलमा थिए ।

navjiwan hospital

यो आक्रमणमा कम्तीमा ६ जनाको ज्यान गएको बीबीसीले जनाएको छ । डब्ल्यूएचओका महानिर्देशक गेयब्रेयससले आक्रमण शुरू हुँदा आफूहरू विमानमा चढ्न लागेको बताएका छन् । यमनको विद्रोही समूह हुथीद्वारा सञ्चालित साबा समाचार एजेन्सीले विमानस्थलमा तीन जनाको ज्यान गएको र ३० जना घाइते भएको बताएको छ । यस्तै पश्चिमी होदेइदाह प्रान्तमा थप तीन जनाको ज्यान गएको र १० जना घाइते भएका खबरमा उल्लेख छ । ज्यान गुमाउनेहरूमा सर्वसाधारण वा हुथी विद्रोही थिए भन्ने स्पष्ट भइसकेको छैन ।

attariya hospital

डा। टेड्रोसले आफू बन्दी अवस्थामा रहेका राष्ट्रसङ्घका कर्मचारीहरूलाई रिहा गर्न तथा देशको स्वास्थ्य र मानवीय अवस्थाको मूल्याङ्कन गर्नका लागि वार्ता गर्न यमन गएको सामाजिक सञ्जाल एक्समार्फत बताएका छन् । आक्रमणबाट आफूहरू रहेको ठाउँबाट केही मिटर टाढाको एअर ट्राफिक कन्ट्रोल टावर, डिपार्चर लाउन्ज र रनवेमा क्षति पुगेको उनले उल्लेख गरेका छन् ।