खाेज्नुहाेस

अत्तरियामा जात व्यवस्था र यसको उन्मूलनका बारेमा विचार गोष्ठी आयोजना

Image

अत्तरिया – कैलालीको अत्तरियामा जात व्यवस्था र यसको उन्मूलनका बारेमा विचार गोष्ठी आयोजना गरिएको छ । जात व्यवस्था उन्मूलन मोर्चा कैलाली जिल्ला समितिको आयोजनामा जात व्यवस्था विरुद्धको प्रारम्भिक हस्तक्षेप ः दोस्रो जागरण अभियान अन्तरगत विचार गोष्ठी आयोजना गरिएको हो ।

विचार गोष्ठीमा समाजमा रहेको विद्यमान विभेद, दलित–दलित बिचको विभेद, क्षेत्री–बाहुन बिचको विभेद अन्त्य कसरी गर्ने भन्ने विषयमा छलफल गरिएको थियो ।

attariya hospital

विचार गोष्ठीमा बोल्दै वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टीका प्रवक्ता श्याम कुँवरले ३५ वर्ष देखि चलेको जात व्यवस्थाले नेपाली समाजलाई भिखारी र कङ्गालको समाज बनाउन बाध्य पारेको बताए । उनले जात व्यवस्थाले ६० लाख दलित नेपाली अमानवीय जीवन जिउन बाध्य भएको बताए । जात व्यवस्थाले दलित मात्रै नभएर ब्राह्मण, क्षेत्रीलाई पनि गरिब बनाएको उनले बताए ।

‘जात व्यवस्थाका विरुद्धमा लड्न दलित मात्रै नभएर गैर दलितले पनि आवश्यक छ’ उनले भने ‘जात व्यवस्थाले समग्र नेपालको भलो छैन ।’

navjiwan hospital

नेपाल मानवता पार्टीका सह–महासचिव बाकी कामीले जात व्यवस्था विरुद्धको लडाई क्षेत्र बाहुन विरुद्धको नभएको बताए । उनले संविधानमा लेखिएको दलित शब्दले झन् बढी विभेद गरेको बताए । उनले दलित समुदायबाट जुनसुकै पदमा पुगेपछि हेप्ने प्रवृत्ति कायमै रहेको बताए । ‘अहिलेका ठुला दलबाट दलित मुक्ति सम्भव छैन’ उनले भने ‘ठुला पार्टीमा दलित ती पार्टीका भातृ संगठनका दलितका भातृ संगठनमै सीमित पारेका छन् ।’

दलित अगुवा मिलन परियाले जात व्यवस्था अन्त्यका लागि जुन ठाउँमा छै त्यहीबाट आवाज उठाउनु पर्ने बताए । उनले जात व्यवस्था अन्त्यका लागि विभिन्न दलहरूमा आबद्ध भएकाहरूले आवाज उठाउनु पर्ने बताउँदै उनले त्यो सम्भव नभएर पार्टीहरूमा बस्नुको औचित्य नभएको बताए ।

दलित अगुवा मिठ्ठु बादीले राज्यले पछाडि परेका दलित समुदायका मुद्दा सुनवाइ नगरिएको बताइन् । उनले सडक किनारामा बस्न वादी समुदायलाई त्यहाँबाट पनि उठिबास लगाइएको बताइन् । उनले दलित समुदाय अब एक जुट भएर आफ्नो हक अधिकार लिन आवश्यक रहेको बताइन् ।