इक्वेडरमा ६० दिने राष्ट्रिय आपत्काल घोषणा

एजेन्सी- जङ्गली डढेलो र पानीको अभावका कारण इक्वेडरले ६० दिने राष्ट्रिय आपत्काल घोषणा गरेको छ । दक्षिण अमेरिकी देश इक्वेडर लामो समयदेखि खडेरीको चपेटामा परेको छ ।

maya metro hospital

देशका जङ्गल आगोले सखाप पारेको छ, पानीको चरम अभाव छ, बालीनाली सुकेको छ । यो समस्याको असर केही कम गर्न ६० दिनको राष्ट्रिय आपत्काल घोषणा गरेको ऊर्जामन्त्री इनेस मन्जानोले बताएको चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ ।

देशका १७ वटा ठूला जङ्गलको आगो नियन्त्रणबाहिर छ । खोला र नदीमा पानी सुक्दै गएपछि जलविद्युत् उत्पादनमा निकै कमी आएको छ । गएको सेप्टेम्बरदेखि इक्वेडरमा दैनिक आठ घण्टाका दरले लोडशेडिङ भइरहेको छ ।

attariya hospital
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.