चीनमा एक युवकले चक्कु प्रहार गर्दा ८ जनाको मृत्यु

एजेन्सी- चीनमा एक युवाले जथाभावी चक्कु प्रहार गर्दा आठ जनाको मृत्यु भएको छ । अरू १७ जना घाइते भएका छन् ।

maya metro hospital

वुशी सहरको एक कलेजमा २१ वर्षका विद्यार्थीले जथाभावी चक्कु प्रहार गरेको बीबीसीले जनाएको छ । चक्कु प्रहार गर्ने व्यक्तिलाई प्रहरीले घटनास्थलबाटै पक्राउ गरेको छ । प्रहरीका अनुसार चक्कु प्रहार गर्ने युवा पनि त्यही कलेजका विद्यार्थी हुन् ।

यसअघि इन्टर्नशीपमा कम पैसा दिएको भनेर असन्तुष्टि पोखिरहेका ती विद्यार्थीको परीक्षामा खराब नतिजा आएपछि कलेजले प्रमाणपत्र दिन अस्विकार गरेको थियो । खराब नतिजापछि आक्रोशित बनेका युवाले कलेजमा जथाभावी चक्कु प्रहार गरेका चिनियाँ सञ्चारमाध्यमले जनाएका छन् ।

 

attariya hospital
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.