अत्यधिक वायु प्रदूषण भएपछि अनलाइनबाट पढाइँदै

काठमाडौँ- भारतको नयाँदिल्लीमा वायु प्रदूषण अत्यधिक भएपछि प्राथमिक तहका विद्यार्थीहरुलाई अनलाइन माध्यमबाट पढाउन सुरु गरिएको छ । मुख्यमन्त्री आतिशी मार्लेनाले सोसल मिडिया एक्समार्फत् अर्को सूचना जारी नभएसम्मका लागि अनलाइन कक्षा जारी रहने बताएकी छन् ।

maya metro hospital

केन्द्रीय प्रदूषण नियन्त्रण बोर्डका अनुसार दिल्लीका अधिकांश स्थानमा वायु गुणस्तर सूचकांक ९एक्यूआई० ४०० भन्दा माथि पुगेको छ । एक्यूआई ४०१ देखि ५००को बीचमा भए अत्यन्त गम्भीर श्रेणीमा पुगेको मानिन्छ । यस्तो अवस्थामा स्वस्थ मानिसहरुलाई पनि श्वासप्रश्वास लगायतका समस्या देखिन्छ ।

 

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.