अत्तरिया – कैलालीको धनगढीबाट लागू औषध सहित २ युवक पक्राउ परेका छन ।

गयराती धनगढी उपमहानगरपालिका – ४ अस्थाई प्रहरी पोष्ट बसपार्कबाट खटिएको प्रहरी टोलीले लागू औषध सहित बझाङ केदारस्युँ गाउँपालिका – २ का २० वर्षीय पारस रावल र धनगढी उपमहानगरपालिका – १४ का १९ वर्षीय आकाश मगरलाई पक्राउ गरेको हो ।

उनीहरुको साथबाट १ ग्राम ४० मिलिग्राम लागु औषध खैरो हेरोईन जस्तो देखिने धुलो पदार्थ बरामद गरिएको प्रदेश प्रहरी कार्यालय धनगढीले जनाएको छ ।

















