अत्तरिया – बडादसैँको अन्तर्गत आज विजया दशमीको शुभसाइत बिहान ११ः३६ बजे रहेको छ ।

नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले शुभसाइत सार्वजनिक गरेको साइत अनुसार असोज २६ गते शनिबार विजया दशमीको दिन देवी बिसर्जन बिहान ८ः३३ बजे शुभ साइत रहेको छ ।

टीका लाइदिने (पूर्व मोहडा) र टीका लगाइ माग्ने पश्चिम फर्केर लगाउनुपर्ने छ । टीका लगाउने शुभसाइत बिहान ११ः३६ बजे रहेको पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ ।
















