खाेज्नुहाेस

बसाइँ सर्दै कैलालीका सारस

Image
तस्बिर : हिरुलाल डङ्गौरा

धनगढी – कर्‍याङकुरुङ सारस नेपाली आकाश हुँदै भारततर्फ बसाइँ सर्न थालेका छन् । करिब छ महिनासम्म भारतको राजस्थान र गुजरातमा अस्थायी बसोबास गर्ने यी चरा कर्णाली कोरिडोर हुँदै त्यता जान थालेका हुन् ।

navjiwan hospital

सेप्टेम्बर १ देखि १७ सम्म यो प्रजातिको सारस बसाइँ सर्ने खास समय हो । यस वर्ष भने सेप्टेम्बर २५ बाट नेपाली आकाश हुँदै कर्‍याङकुरुङ सारस भारततर्फ गइरहेको चराविद् हिरुलाल डङ्गौराले जानकारी दिए ।

attariya hospital

उनका अनुसार कर्णाली कोरिडोर हुँदै लगभग २५ बथान कर्‍याङकुरुङ सारस गइसकेका छन् । त्यस क्रममा कञ्चनपुर, कैलाली र बर्दियाको आकाशमा यी चरा देखिएका हुन् ।