खाेज्नुहाेस

प्रदीप ज्ञवाली भन्छन ‘बडीमालिका हिरा जस्तो’

Image

अत्तरिया – नेकपा एमाले उपमहासचिव प्रदीप ज्ञवालीले बाजुराकाे बडीमालिकालाई हिरा सँग तुलना गरेका छन । तीन दिने भ्रमण सकेर फर्किएका ज्ञवालीले सामाजिक सञ्जाल मार्फत बडीमालिकाको वर्णन गरेका हुन । पुर्व मन्त्री समेत रहेका ज्ञवालीले लेखेका छन ‘आहा ! एकान्त, शान्त र प्रसिद्ध आध्यात्मिक शिखर बडीमालिका, फेँदीमा अक्षत र अप्रतिम त्रिवेणी पाटन ! ‘भर्खरै खानीबाट बाहिर निकालिएको हीरा जस्तो पर्यटकीय गन्तव्य ।’

navjiwan hospital

समुद्र सहत देखि ४ हजार २ सय मिटर बढीको उचाइमा रहेको बडीमालिका पछिल्लो सयम देशकै प्रमुख गन्तव्यका रुपमा विकास हुदैं गएको छ । सोहि क्रममा ज्ञवाली नेतृत्वको टोलीले भूस्वर्गकै रुपमा परिचित बडीमालिकाको पहिलो पटक पदयात्रा भ्रमण गरेका थिए ।

attariya hospital

ज्ञवाली नेतृत्वको टोलीमा एमाले केन्द्रीय सदस्य लालबहादुर थापा, जिल्ला अध्यक्ष लालबहादुर ओली, बडीमालिकाका नगर प्रमुख अमर खड्का, बडीमालिका ६ का वडा अध्यक्ष कृष्ण खड्का, युवा संघका नेता गणेश थापा, मिलन ऐडी लगायतको सहभागिता रहेको थियो ।