धनगढीमा आधुनिक पार्क बन्दै, नागरिक समाजको विरोध

धनगढी – कैलालीको धनगढी उपमहानगरपालिकामा आधुनिक पार्क बन्ने भएको छ । धनगढी उपमहानगरपालिका – १ मा पार्क बन्ने भएको हो । पार्क निर्माणको प्रक्रियालाई सहरी विकास तथा भवन निर्माण विभाग सङ्घीय आयोजना कार्यान्वयन इकाइले अघि बढाएको धनगढी उपमहानगरपालिकाले जनाएको छ । पहिलो चरण अन्तर्गत ब्लक १ देखि ७ सम्मको ठेक्का सम्झौता गरिएको छ ।

maya metro hospital

पहिलो चरणको काम पूरा गर्न ६ करोड ४६ लाख ८८ हजार रुपियाँमा ठेक्का सम्झौता भएको नगर प्रमुख गोपाल हमालले जानकारी दिए । पार्कलाई बच्चा, वयस्क, वृद्ध र व्यावसायिक गरी चार भागमा विभाजन गर्ने जनाइएको छ । उनले पार्क क्षेत्रको बाहिरी भागमा रात्रिकालीन बजार सञ्चालनका लागि पनि डिपिआरको तयारी पूरा भएको बताए ।

यसैबिच उपमहानगरपालिकाले बिरेन्द्र ऐश्वर्य उद्यान मासेर पार्कको नाममा सपिङ्ग ब्लक निर्माण गर्न थालेको भन्दै नागरिक समाज धनगढीले बिरोध जनाएका छन । शहरको बिचमा रहेको एक मात्रै पार्कलाई नासेर ब्यापारीक भवन निर्माण गरिने कुरा गलत भएको नागरिक समाजका अगुवा गड्सेरा माइलाले बताए ।

attariya hospital

उनले शोमबार पार्कको अगाडी एक घण्टा उभिएर संकेतिक बिरोध गरिएको बताए । मंगलबार बेलुकी ५ बजे पुनः पार्क अगाडीको चौतारीमा नागरिक समाजको भेला हुने प्राध्यापक प्रेमराज भण्डारीले बताए ।

EDV bipin Stationary
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.