खाेज्नुहाेस

धनगढीमा मनाईयो संविधान दिवस

Image

धनगढी – कैलालीको धनगढीममा संविधान दिवसको अवसरमा भब्य समारोहको आयोजना गरिएको छ । नेपाली सेना, नेपाल प्रहरी, शसस्त्र प्रहरी र नगर प्रहरीको बाजागाजा सहितको टोलीले धनगढीको सहिद गेटबाट प्रभातफेरि निकालेर आन्तरिक मामिला तथा कानुन मन्त्रालयको प्राङ्गणमा भब्य समारोहको आयोजना गरिएको थियो ।

समारोहको प्रदेश प्रमुख नजीर मिँयाले झण्डोत्तलन गरेर उद्घाटन गरेका थिए । झण्डोत्तोलन पूर्व प्रदेश प्रमुख मियालाई नेपाली सेनाको एक टुकडीले सलामी अर्पण गरेको थियो ।संविधान दिवस मुल समारोह समितिका अध्यक्ष तथा मुख्यमत्री कलम बहादुर शाहले अझै पनि केन्द्रिकृत मानसिकताका कारण प्रदेशहरु बलियो हुन नसकेको बताएका छन । उनले संघ सरकारमा बसेकाहरुले प्रदेशका अधिकार प्रत्यायोजनमा चासो नलिएका कारण प्रदेशको विकासमा समस्या भईरहेको बताए ।

godawari nagarpalika dadhelo
attariya hospital
navjiwan hospital

उनले संघले प्रदेशका अधिकार पूर्ण रुपमा प्रत्यायोजन नगर्दा सम्म जनताको अपेक्षा अनुसार काम गर्न नसकिने बताए ।

उनले सुदूरपश्चिमका जनताका विकासको तिब्र चाहना अनुसार सरकार काम गर्ने बताए । ‘सुदूरपश्चिम प्रदेशका नागरिकको मुहारमा विकास र समृद्धीको सुख दिन हामीले अझै धेरै काम गर्न बाँकी छ । यसका लागि सबै पक्षका साथ र समर्थन लिदै जनअपेक्षिक काममा सरकार लाग्नेछ’ उनले भने ।

यस्तै सुदूरपश्चिम प्रदेशका प्रदेश प्रमुख नजिर मियाँले संविधान दिवसले दिगो शान्ति सुशासन र समृद्धिको बाटोमा लम्किन प्रेरित गर्ने अपेक्षा व्यक्त गरेका छन् ।

संविधान दिवसका अवसरमा शुभकामना सन्देश जारी गर्दै प्रदेश प्रमुख मियाँले संघर्ष र बलिदानको प्रतिफल स्वरूपले नेपालमा संविधान जारी भएको स्मरण गरेका छन् ।