खाेज्नुहाेस

पश्चिम नेपालमा हल्का वर्षाको सम्भावना

Image
navjiwan hospital

आज कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत देशको पहाडी भेगमा मेघ गर्जन/चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । दिउँसो लुम्बिनीका तराई भेगका थोरै स्थानमा हावाहुरीको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार आज राति कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भेगका एक-दुई स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । हाल देशभर मनसुनी वायुको प्रभावसंगै भारतको उत्तरपूर्वी मध्यप्रदेश र दक्षिण उत्तरप्रदेश आसपास रहेको न्यूनचापीय प्रणालीको आंशिक प्रभाव पनि रहेको छ ।

godawari nagarpalika dadhelo
attariya hospital