खाेज्नुहाेस

आज ‘मोहम्मद डे’ मनाइँदै, मुस्लिम धर्मावलम्बीका लागि सार्वजनिक बिदा

Image

अत्तरिया – नेपालसहित विश्वभर इस्लाम धर्मका प्रवर्तक हजरत मोहम्मदको १४९९ औं जन्मोत्सव आज मनाइँदै छ ।

navjiwan hospital

‘मोहम्मद डे’ पनि भनिने आजको दिनमा मुस्लिम समुदायले र्‍याली निकाल्ने, मस्जिदहरुमा कुरान पाठ गर्ने, उनका उपदेश स्मरण गर्ने, सामूहिक भोज खाने र एकअर्कामा शुभकामना साटासाट गर्ने चलन छ ।
सरकारले सोमबार मुस्लिम धर्मावलम्बीका लागि सार्वजनिक बिदा दिएको छ । गृह मन्त्रालयले आइतबार सार्वजनिक सूचना जारी गर्दै सोमबार मुस्लिम धर्मावलम्बीहरूका लागि मात्र सार्वजनिक बिदा दिने जानकारी गराएको हो ।

godawari nagarpalika dadhelo
attariya hospital