सुदूरपश्चिम प्रज्ञा –प्रतिष्ठानको अनुसन्धान मूलक ग्रन्थ ‘सगुन’ प्रकाशित

धनगढी – सुदूरपश्चिम प्रज्ञा–प्रतिष्ठानको अनुसन्धानमूलक ग्रन्थ ‘सगुन’ को पहिलो अङ्क प्रकाशन गरिएको छ । इतिहास र संस्कृति विशेषको रूपमा प्रकाशन भएको उक्त कृतिमा चालिस जना स्रष्टाहरूका खोजमूलक लेख रचना प्रकाशित छन् ।

maya metro hospital

सुदूरपश्चिम प्रज्ञा प्रतिष्ठानका उपकुलपति डा. टीएन जोशीले ‘सगुन’ को पहिलो अङ्क सङ्ग्रहणीय भएको बताए । उनले सुदूरपश्चिमको प्राज्ञिक उन्नयनमा अनुसन्धानमूलक ग्रन्थ सगुनको महत्त्वपूर्ण भूमिका हुने बताए ।

झण्डै तीन सय पृष्ठको उक्त ग्रन्थको प्रधान सम्पादक डा. टीएन जोशी, कार्यकारी सम्पादक उमेश अवस्थी ‘आदर्श’ र व्यवस्थापक मदनसिंह महरा रहेका छन् ।
अनुसन्धानमूलक ग्रन्थ सगुन असोज पहिलो साता ‘लोकार्पण’गर्ने कार्यक्रम छ ।

attariya hospital

ग्रन्थमा सुदूरपश्चिम प्रज्ञा प्रतिष्ठानले गरेका प्राज्ञिक गतिविधि समेटिनुका साथै विभिन्न विद्वान साहित्यकारका खोजमूलक रचना समेटिएको प्रतिष्ठानले जनाएको छ ।

EDV bipin Stationary
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.