आज तीजको दर खाने दिन

काठमाडौं – हरितालिका तीज व्रतको तयारीस्वरूप सनातन धर्मावलम्बी महिला बिहीबार दर खाने तयारीमा छन्। भाद्र शुक्ल द्वितीयाका दिन बेलुकी दर खाने परम्परा छ।

maya metro hospital

भाद्र शुक्ल तृतीयाका दिन निराहार उपवास बस्नुपर्ने भएकाले अघिल्लो दिन दर खाने खाने चलन छ। दरलाई तीजको व्रतको ‘पूर्वतयारी’को रूपमा पनि लिइन्छ।

दर खाने दिन कुशे औँसीको पर्सिपल्ट पर्ने भए पनि यो वर्ष एक दिन पछाडि परको छ। पञ्चांगहरूले यो वर्ष दुई दिन औँसी रहेको उल्लेख गरेका छन्। त्यसैकारण औँसीको तेस्रो दिन द्वितीया तिथि परेको हो।

attariya hospital

दरका लागि माइतीले आफ्ना चेलीलाई बोलाउने वा लिन जाने चलन छ। विशेषगरी दिदीबहिनी जम्मा भई रातिसम्म रमाइलो गर्ने र उपलब्ध भएसम्मका खानेकुरा खाने गर्छन्। कर्मघरमै रहेका महिलाले पनि परिवारका सदस्यसँगै दर खाने गर्छन्।

भोलिपल्ट व्रत बस्नुपर्ने भएकाले दरका रूपमा सात्विक पदार्थ खानुपर्छ भन्ने मान्यता छ। विशेषगरी दूधबाट बनेका खिर, ढकने, सेलपुरी र गुँदपाकजस्ता परिकारका साथै फलफूल खाने चलन छ।

दरले व्रतका दिन आडिलो बनाउँछ भन्ने मान्यता छ। दर दुई भाग रात हुँदै दर खाइसक्नुपर्ने मान्यता रहेको धर्मशास्त्री प्राडा रामचन्द्र गौतम बताउँछन्।

अचेल एकडेढ महिनादेखि पार्टी प्यालेसमा भोज गर्ने र दरका नाममा तामसिक पदार्थ खाने चलन बढेको भन्दै संस्कृतिविद् चिन्ता व्यक्त गर्छन्।

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.