खाेज्नुहाेस

डा. ढकाल राष्ट्रिय स्वास्थ्य सेवा सम्मानबाट अभिनन्दित

Image

धनगढी – धनगढीको नवजीवन अस्पतालका वरिष्ठ चिकित्सक तथा मेडिकल डाइरेक्टर डा. बिदुरमणि ढकाल बिपी कोइराला राष्ट्रिय स्वास्थ्य सेवा सम्मानबाट अभिनन्दित भएका छन् । १५ औ राष्ट्रिय पुस्तकालय दिवसका अवसरमा शनिबार कैलाली जनपुस्तकालय धनगढीले डा. ढकाललाई सो सम्मान प्रदान गरेको हो ।

navjiwan hospital

डा. ढकाललाई प्रमुख अतिथि प्रदेश प्रमुख माननीय नजिर मियाँ र सुदूरपश्चिम प्रज्ञा –प्रतिष्ठानका उपकुलपति तथा कैलाली जनपुस्तकालयका अध्यक्ष डा. जोशीले टिका, माला, दोसल्ला र अभिनन्दनपत्रबाट सम्मानित गरेका थिए ।

attariya hospital

सो अवसरमा पुस्तकालयका अध्यक्ष जोशीले डा. ढकालले लामो समयदेखि सुदूरपश्चिममा रहेर स्वास्थ्य सेवामा महत्वपूर्ण योगदान पुर्याउनुका साथै समाजसेवाको रूपमा समेत योगदान पुर्याएकोले सम्मान प्रदान गरिएको बताए ।

समारोहमा बोल्दै सम्मानित भएका डा.ढकालले सम्मानले आफूलाई काम गर्न अझ उत्प्रेरित गरेको बताउदै सुदूरपश्चिमको स्वास्थ्य क्षेत्रको विकास र सम्बर्द्धनका लागि आफूले सक्दो योगदान गरिरहने बताए ।
डा. ढकाल बिगत १५ वर्षदेखि सुपमा वरिष्ठ हाड जोर्नी तथा नसा रोग विशेषज्ञको रूपमा कार्यरत छन् ।