खाेज्नुहाेस

कैलाली जनपुस्तकालयद्वारा प्रतिभाहरू सम्मानित

Image

धनगढी – १७ औँ राष्ट्रिय पुस्तकालय दिवसको अवसरमा कैलाली जनपुस्तकालय धनगढी प्रतिभाहरूलाई सम्मानित गरेको छ । शनिवार कैलाली जनपुस्तकालय धनगढीले आयोजना गरेको साहित्यिक तथा सांस्कृतिक समारोहका बिच विभिन्न प्रतिभाहरूलाई राष्ट्रिय पुरस्कारबाट सम्मानित गरेको हो ।

navjiwan hospital

जसअन्तर्गत पुस्तकालयले कैलाली जनपुस्तकालय पुरस्कार २०८१ बाट सह प्रा. सीताराम भट्टलाई, जसुन्धरा राष्ट्रिय छन्द पुरस्कारबाट कवि निर्मल कुमार भण्डारीलाई, विष्णु नर्मदा राष्ट्रिय साहित्य प्रतिभा पुरस्कारबाट साहित्यकार तुलसी प्रसाद पण्डितलाई, भोजराज –हरिप्रिया राष्ट्रिय समाजसेवा पुरस्कारबाट मदन चन्दलाई र चित्रबहादुर कार्की राष्ट्रिय समाजसेवा पुरस्कार २०८० बाट समाजसेवी तथा पूर्व राज्यमन्त्री टेकबहादुर रैकालाई सम्मानित गरिएको छ ।

attariya hospital

यसै गरी समारोहमा द्वारिकादेवी ठकुरानी स्मृति राष्ट्रिय सम्मानबाट समाजसेवी तथा प्रदेश सभा सदस्य तुलसी देवकोटालाई, बिपी कोइराला स्मृति राष्ट्रिय स्वास्थ्य सेवा सम्मानबाट वरिष्ठ चिकित्सक डा. बिदुरमणि ढकाललाई, बद्रीनाथ राष्ट्रिय शैक्षिक साधना सम्मानबाट शिक्षा सेवी प्रेमराज भट्टलाई, कैलाली जनपुस्तकालय नियमित पाठक सम्मानबाट तीर्थराज ओझा (गडसेरी माइला) लाई सम्मानित गरिएको छ ।

सम्मानित भएकाहरूलाई कार्यक्रमको प्रमुख आतिथ्यता गरेका सुदूरपश्चिम प्रदेशका प्रदेश प्रमुख माननीय नजिर मियाँको र कार्यक्रमको अध्यक्षता ग्रहण गरेका कैलाली जनपुस्तकालयका अध्यक्ष तथा संस्कृतिविद् डा. टीएन जोशीले दोसल्ला, माला, टिका र पुरस्कारबाट सम्मानित गरेका थिए ।