अत्तरिया – कैलालीको अत्तरियामा रहेको एभरेष्ट एकेडेमीमा शिक्षिका तीज नृत्य प्रतियोगिता आयोजना गरिने भएको छ । हिन्दु नारीहरुको महान पर्व हरीतालिका तीजको पावन अवसरमा एभरेस्ट एकेडेमीले उक्त प्रतियोगिताको आयोजना गर्न लागेको हो ।

भोलि (शनिबार) हुने प्रतियोगितामा ११ वटा विद्यालयका २५० भन्दा बढी शिक्षिकाहरुको सहभागिता रहने कार्यक्रम संयोजक हेमराज भट्टले जानकारी दिए । कला संस्कृतिको जगेर्ना र शिक्षिकाहरुको प्रतिभालाई निखार गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गर्न लागिएको उनले बताए ।

नमस्ते पार्टी प्यालेसमा हुने उक्त प्रतियोगिताको प्रथम पुरस्कार ११ हजार सहित खाजा रहेको उनले बताए । त्यस्तै द्धितिय पुरस्कारमा ७ हजार नगद सहित खाजा र तृतिय पुरस्कारमा ५ हजार नगद सहित खाजा रहेको उनको भनाई छ ।
त्यसका साथै कार्यक्रममा उपस्थित सम्पुर्णलाई तिजको अवसरमा दर समेत खुवाईने बताईएको छ ।

















