खाेज्नुहाेस

डेउडा प्रतियोगितामा ऐश्वर्य विद्या निकेतन पहिलो

Image

धनगढी – सुदूरपश्चिम गौरा महोत्सव तथा विद्यालय स्तरीय डेउडा प्रतियोगितामा ऐश्वर्य विद्या निकेतन पहिलो भएको छ। सुदूरपश्चिम प्रज्ञा–प्रतिष्ठान र डेउडा प्रतिष्ठानद्वारा संयुक्त रूपमा गौरा महोत्सवमाभएको प्रतियोगितामा ऐश्वर्य विद्या निकेतन पहिलो भएको हो ।

navjiwan hospital

प्रतियोगितामा एसपीए कलेज दोस्रो, शैलेश्वरी इङ्लीस बोर्डिङ स्कुल तेस्रो र थ्री स्टार बोर्डिङ स्कुलले सान्त्वना स्थान हासिल गरेका छन्।

attariya hospital

सुदूरपश्चिम प्रदेशको भाषा, कला, साहित्य, संस्कृति, भेसभुसा रहन सहनको प्रचार प्रसार एवं युवा पुस्तालाई लोक संस्कृतिको जगेर्नामा उत्साहित गर्नुका साथै लोक संरकृति पुस्तान्तरण गर्ने उद्देश्यले विद्यालय स्तरीय प्रतियोगिता गरिएको सुदूरपश्चिम प्रज्ञा–प्रतिष्ठानले जनाएको छ ।

भाद्र १० र ११ गते सञ्चालन विद्यालय स्तरीय डेउडा प्रतियोगितामा धनगढीका ११ विद्यालयहरू सहभागी थिए।