कञ्चनपुर – कञ्चनपुरबाट लागूऔषध (खैरो हेरोईन) सहित एक युवक पक्राउ परेका छन्। मंगलबार बेदकोट नगरपालिका– ९ सुन्दरपुरबाट सोही ठाउँ बस्ने २२ वर्षीय सागर चन्द पक्राउ परेका हुन ।
उनको साथबाट १.२८ ग्राम लागूऔषध खैरो हेरोईन बरामद गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।