धनगढी – कैलाली जनपुस्तकालयले प्रदान गर्ने भोजराज–हरिप्रिया राष्ट्रिय समाजसेवा पुरस्कार यस वर्ष कञ्चनपुर महेन्द्रनगरका समाजसेवी मदन चन्दलाई प्रदान गरिने भएको छ ।
पुस्तकालयको शुक्रबार बसेको बैठकले चन्दलाई सो पुरस्कारबाट सम्मानित गर्ने निर्णय गरेको कैलाली जनपुस्तकालयका अध्यक्ष डा. टीएन जोशीले बताए ।
१७ औं राष्ट्रिय पुस्तकालय दिवसका अवसरमा यही भदौ १५ गते कैलाली जनपुस्तकालयले आयोजना गर्ने विशेष समारोहमा सो पुरस्कार प्रदान गरिने बताइएको छ ।
वरिष्ठ समाजसेवी भोजराज भण्डारी तथा उहाकी धर्मपत्नी हरिप्रिया भण्डारीको स्मृतिमा उक्त पुरस्कार स्थापना गरिएको हो ।
बिगत ३०्३५ वर्षदेखि महेन्द्रनगरमा रही शिक्षा, स्वास्थ्य, जनचेतना, लागु औषध दुर्व्यसन लगायतका क्षेत्रमा समाजसेवा गरी विशिष्ट योगदान पुर्याए बाफत चन्दलाई सो पुरस्कार प्रदान गरिन लागेको पुस्तकालयले जनाएको छ ।
सम्बन्धीत समाचार : कैलाली जनपुस्तकालयद्वारा ४ जनालाई पुरस्कृत गर्ने निर्णय