हे युवा, तिमी हौ देशको आधार,
तिम्रो हातमा छ, उज्यालो संसार ।
हे युवा, तिमी हौ आशा र उज्यालो,
दियो बनि हटाउ, यो कालो अँध्यारो ।।

किन हो साथी विदेश मात्रै धाउने
जिम्मेवारी हो तिम्रो यहिँ केहि खोज्ने
समय छ तिमीलाई, परिवर्तन ल्याउने,
तिम्रै सपनाले देशलाई सजाउने ।।

तिम्रो साहस, तिम्रो शक्ति,
देशको लागि हो अमूल्य सम्पत्ति ।
शसक्त बन, अघि बढ,
आफ्नै पौरखले, नयाँ बाटो रोज ।।
विदेश मात्र नगई, यहाँ पनि बनाऊ,
तिमीले देखेका सपना, यहाँ नै सजाऊ ।
देशको भविष्य तिम्रै हातमा
हामी छौं सबै तिम्रो साथमा ।।
जाऊन त, संसारको चक्कर,
तर फर्केर आऊ, दिनलाई टक्कर ।
विदेश मात्र नगई, यहाँ पनि चम्काऊ,
तिम्रै सपनाले देशलाई सजाऊ ।।
– सुस्मिता सेन, धनगढी
कार्य समिति सदस्य, यार्ड नेपाल

















