खाेज्नुहाेस

अब छहरा झरना प्रवेश गर्न शुल्क तिर्नुपर्ने

Image

अत्तरिया – डोटीको छहरा झरना प्रवेश गर्न शुल्क निर्धारण गरिएको छ । जोरायल गाउँपालिकाको वडा नम्बर २ ले प्राकृतिक छहरा झरना प्रवेशका लागि शुल्क तोकेको हो ।

navjiwan hospital

वडा कार्यालयले सोमबार एक सूचना जारी गर्दै प्रसिद्ध पर्यटकीय स्थल छहरा झरनाको विकासका लागि राजश्व सङ्कलन गरी झरनाको विकास गर्न प्रवेश शुल्क तथा पार्किङ शुल्क उठाउने निर्णय गरिएको जनाएको छ । वडा अध्यक्ष वीर बहादुर दर्लामीद्वारा जारी सूचनामा साउन २१ गते वडा समिति तथा जोरायल गाउँपालिकाले शुल्क तोक्ने निर्णय गरेको उल्लेख छ ।

attariya hospital

जसअनुसार अब आन्तरिक पर्यटकले छहरा झरना अवलोकन गर्न प्रति व्यक्ति २० बाह्य पर्यटकले ५० र विद्यार्थीले १० रुपैयाँ शुल्क तिर्नुपर्ने छ ।

यस्तै सवारी पार्किङको शुल्क पनि निर्धारण गरिएको छ । जसअनुसार बाइक (मोटरसाइकल) २०, जिप/भ्यान/कारको ५० र बस तथा ठुला सवारी साधनको १ सय रुपैयाँ पार्किङ शुल्क तोकिएको छ । प्राकृतिक झरनाको शुल्क लिएपछि सर्वसाधारणबाट भने यसको विरोध गरिएको छ ।