अत्तरिया – कैलालीको गोदावरी नगरपालिका – ३ का तारा पार्किको परिवारलाई आर्थिक सहयोग गरिएको छ । केही दिन अघि निधन भएका पार्किको परिवारलाई क्रियाखर्चवाफत नेपाली कांग्रेसका युवाहरुले आर्थिक सहयोग गरेका हुन ।
उनको परिवारलाई नेपाली कांग्रेस गोदावरी नगरकार्यसमितिका सभापति विर बहादुर चोखालको संयोजकत्वको टोलीले आर्थिक सहयोग गरेको हो ।


उक्त टोलीमा नेपाली कांग्रेस गोदावरी नगरकार्यसमितिका पदाधिकारी सहित नेपाली कांग्रेस क्षेत्र नं. ४ का क्षेत्रिय सचिव जयराज फुलारा, नेपाल तरुण दलका केन्द्रिय सदस्य तेज खड्का, तरुण दलकै गोदावरी नगरकार्यसमितिका सभापति रमेश भट्टराई, कांग्रेसका महाधिवेशन प्रतिनिधि धुर्व भट्टराई र गोदावरी –३ का उपसभापति वेदप्रकाश पाण्डेय लगायत रहेका थिए ।
नेपाली कांग्रेसका क्रियाशिल सदस्य पार्किको परिवारलाई क्रियाखर्च वाफत नगद रु. १० हजार सहयोग गरिएको कांग्रेस गोदावरी नगरकार्यसमितिका सचिव योगेश भट्टले जानकारी दिए । उनले कांग्रेसमा लामो समयसम्म आवद्ध व्यक्तित्वको निधनले पार्टीलाई क्षति पुगेको प्रति दुःख व्यक्त गर्दै सहयोग रकमले मृतकका परिवारलाई थोरै भएपनि राहत हुने आफुहरुले विस्वास लिएको बताए ।
कांग्रेसमा आवद्ध युवाहरुको समुहले विगत केही दिनयता नगरका विभिन्न वडाहरुमा रहेका विपन्नहरुलाई सहयोग गर्ने कार्य गर्दै आएको छ ।


















