खाेज्नुहाेस

सुदूरपश्चिम प्रदेशसभाको विशेष अधिवेशन सुरु, आजको बैठक १ मिनेटमै सकियो

Image

अत्तरिया – सुदूरपश्चिम प्रदेशसभाको विशेष अधिवेशन सुरु भएको छ । एक चौथाई भन्दा बढी प्रदेशसभा सदस्यहरूले माग गरेपछि मंगलबार देखि प्रदेशसभाको विशेष अधिवेशन सुरु भएको हो ।

सरकारले असार २९ गते प्रदेश सभाको बजेट अधिवेशन अन्त्य गर्न प्रदेश प्रमुखलाई सिफारिस गरेअनुसार प्रदेश प्रमुखले साउन ३ गते बजेट अधिवेशन अन्त्य गरेका थिए ।

attariya hospital

त्यसपछि साउन ४ गते नेपाली कांग्रेस एमालेबाट निर्वाचित प्रदेशसभाका एक चौथाइभन्दा बढी सदस्यहरुले विशेष अधिवेशन माग गरेपछि मंगलबार देखि विशेष अधिवेशन सुरु भएको हो ।

navjiwan hospital

मंगलबार देखि प्रदेश सभाका सदस्यहरूको सिफारिसमा प्रदेश प्रमुखको विशेष अधिवेशन बोलाए पनि कुन विषयमा छलफल गर्ने भन्ने बारेमा भने उल्लेख छैन । जस कारण मंगलबार बसेको प्रदेशसभाको बैठक प्रदेश प्रमुखले विशेष अधिवेशनका लागि आह्वान गरेको पत्र सुनाउँदै करिब एक मिनेटमै सकिएको थियो ।

सभामुख भीमबहादुर भण्डारीले पत्र पढेर सुनाएपछि अर्को बैठक सूचना प्रकाशित नभए सम्मको लागि स्थगित भएको बताएका छन् ।

विशेष अधिवेशन आह्वान भएपछि मुख्यमन्त्री सोडारीको अध्यादेशबाट बजेट ल्याउने चाहाना रोकिएको छ । बैठकमा मुख्यमन्त्री सोडारी भने उपस्थिति थिएनन् ।

भिडियो