खाेज्नुहाेस

महिला एसिया कपमा आज नेपाल पाकिस्तानसँग भिड्दै

Image

काठमाडौं – एसीसी महिला एसिया कप क्रिकेटमा विजयी सुरुवात गरेको नेपालले दोस्रो खेलमा आज पाकिस्तानसँग प्रतिस्पर्धा गर्दैछ। नेपाल र पाकिस्तानको भिडन्त श्रीलंकाको डम्बुला मैदानमा आइतबार साँझ ७:१५ बजे सुरु हुँदैछ।

navjiwan hospital

नेपाल पहिलो जितले उत्साह साथ बलियो प्रतिद्वन्द्वीविरुद्ध मैदानमा हुनेछ। पाकिस्तान नेपालसँगको प्रतिस्पर्धामा पहिलो जितको खोजीमा हुनेछ।

attariya hospital

आजै हुने समूह ‘ए’ को अर्को खेलमा यूएईले भारतको सामना गर्दैछ। भारत लगातार जित निकाल्दै अघिल्लो चरणको ढोका खोल्न चाहन्छ भने यूएई पहिलो जितको खोजीमा हुनेछ। यो खेल आइतबार दिउँसो २:१५ बजे सुरु हुनेछ।