
काठमाडौँ- नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीले पदभार ग्रहण गरेका छन् । आज पद तथा गोपनीयताको शपथ ग्रहणसँगै सिंहदरबार पुगेर उनले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको पदभार ग्रहण गरेका हुन् ।
अहिले नवनियुक्त मन्त्रीहरूले पनि पदभार ग्रहण गर्ने क्रम चलिरहेको छ । प्रधानमन्त्रीसहित सबै मन्त्रीहरूले आजै शीतल निवासमा राष्ट्रपति रामचन्द्र पौडेलबाट पद तथा गोपनीयताको शपथ ग्रहण गरेका थिए ।



















