खाेज्नुहाेस

नेपाल कमर्स क्याम्पस नेविसंघ अध्यक्षमा गोदावरीका रोकाया चयन 

Image
अत्तरिया – नेपाल कमर्स क्याम्पस मिनभवनको नेपाली विद्यार्थी संघको अध्यक्षमा रबी रोकाया चयन भएका छन् । क्याम्पसमा अध्ययनरत नेविसंघमा आस्थावान् विद्यार्थीहरूको भेलाले रोकायालाई अध्यक्षमा सर्वसम्मत चयन गरेको हो । रोकाया कैलालीको गोदावरी नगरपालिका – २ तेघरीका बासिन्दा हुन ।
attariya hospital
navjiwan hospital
भेलाबाट उपाध्यक्षमा निशान्त घिमिरे, बबिन ढुङ्गाना, महेश रेग्मी, सचिवमा सन्तोष चौधरी कलवार, सहसचिवमा गणेश भुल, हेमन्त राज पन्त, दिपेस भाट, कविराज भट्टराई र कोषाध्यक्षमा दीपक खड्का चयन भएका छन् । समितिमा अन्य ५ जना सदस्य छन् ।
नेपाल कमर्स क्याम्पस लामो समयदेखि नेविसंघको कमिटी गठन हुन सकेको थिएन ।