खाेज्नुहाेस

एसइईमा अनुत्तीर्ण सबै विद्यार्थीलाई पूरक परीक्षामा सहभागी गराइने

Image

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले माध्यमिक शिक्षा परीक्षा (एसइई)मा अनुत्तीर्ण भएका सबै विद्यार्थीलाई मौका परीक्षामा सामेल गराउने निणर्य गरेको छ।

navjiwan hospital

शुक्रबार बसेको शिक्षामन्त्रीस्तरीय बैठकले दुईभन्दा बढी विषय लागेका विद्यार्थीलाई पनि पूरक परीक्षामा सामेल गराउने निणर्य गरेको हो।

attariya hospital

परीक्षा बोर्डको लेटर ग्रेडिङ निर्देशिकाअनुसार दुईभन्दा बढी विषय लागेका विद्यार्थीले मौका परीक्षा दिन पाउँदैनन्। तर, यसपटकदेखि नै नयाँ प्रणाली लागू गरेकाले एकपटक सबै विद्यार्थीलाई मौका दिन यस्तो निणर्य गरिएको मन्त्रालयका प्रवक्ता केशव दाहालले जानकारी दिए।

दाहालका अनुसार लेटेर ग्रेडिङ निर्देशिकाअनुसार दुईभन्दा बढी विषय लागेका विद्यार्थी मौका परीक्षाबाट बञ्चित हुने भएकाले ती विद्यार्थीलाई पनि समेट्ने गरी निर्देशन दिने निणर्य मन्त्रालयले गरेको हो।