खाेज्नुहाेस

कृष्णपुरको कञ्चनजंगा माबिका चेतराजले ल्याए ४ जिपिए

Image

अत्तरिया – कञ्चनपुरको कृष्णपुर नगरपालिका – ५ मा रहेको कञ्चनजंगा इंगलिस माध्यमिक विद्यालयका छात्र चेतराज विष्टले माध्यमिक शिक्षा परिक्षा (एसइई) मा ४ जिपिए ल्याएका छन । कञ्चनपुर जिल्लामा ४ जिपिए ल्याउने २ जना मध्ये कंचनजंगा इंगलिस माध्यमिक विद्यालयका बिष्ट पनि रहेका छन ।

navjiwan hospital

२०८० को एसइई परीक्षामा देशभरबाट १८६ जनाले ४ जीपीए ल्याएका छन । जसमा कंचनजंगा माविका बिष्टले पनि नाम समावेश गर्न सफल भएका छन । कंचनजंगाबाट १०२ जना विद्यार्थीहरु एसइई परिक्षामा सहभागि भएका थिए । जसमा ६२ जना उत्तिर्ण हुन सफल भएको विद्यालयका सञ्चालक खगेन्द्र प्रसाद ओझाले जानकारी दिए ।

attariya hospital

उनका अनुसार विद्यालयका ८ जना विद्यार्थीहरुले ए प्लस ल्याएका छन भने २३ जना विद्यार्थीहरुले ए जिपिए ल्याएका छन । यस्तै २१ जना विद्यार्थीहरुले बि प्लस र ९ जना विद्यार्थीहरुले बि जिपिए ल्याएको उनले बताए ।