अत्तरिया – कैलालीको अत्तरियामा रहेको दुर्गालक्ष्मी नमूना माविकी विद्यार्थी नितिका अवस्थीले एसइई परीक्षामा ४ जीपीए ल्याएकी छिन । गोदावरी नगरपालिका – ४ बसन्तपुरकी अवस्थीले २०८० को एसइई परीक्षामा ४ जीपीए ल्याएकी हुन ।

उनी २०८० को एसइई परीक्षामा देशभरबाट १८६ जनाले ल्याएको ४ जीपीएमा आफ्नो नाम समावेश गर्न सफल भएकी छिन ।

गोदावरी नगरपालिका – ४ बसन्तपुर अवस्थीले उत्कृष्ट नतिजा ल्याउदा विद्यालयको शिर नै उचो भएको प्रधानाध्यापक शिव राज जोशीले बताएका छन ।















