खाेज्नुहाेस

नेपालगञ्जमा कागजपत्र नभएका इरिक्सा नष्ट गरियो

Image

नेपालगञ्ज – नेपालगञ्ज उपमहानगरपालिकाले कागजपत्र नभएका र अवैध रुपमा सञ्चालनमा रहेको भन्दै इरिक्सालाई एक्स्काभेटर लगाएर नष्ट गरेको छ ।

navjiwan hospital

रिक्सा खरिद गरेको कागजपत्र नभएका र नगरपालिका लगायत स्थानीय तहमा दर्ता समेत नगरी सञ्चालनमा हुँदै आएका इरिक्साहरु नियन्त्रणमा लिइ त्यसमा लाग्ने ब्याट्री फिर्ता गरेर प्रहरी प्रशासनको रोबहरमा नगरपालिकाले ५ वटा इरिक्सा नष्ट गरेको हो ।

attariya hospital

नगर प्रहरी र ट्राफिक प्रहरीको टोलीले चेक गर्ने क्रममा कागजपत्र र दर्ता समेत नभएका सयौं इरिक्सा फेला परेका थिए ।

त्यस्ता इरिक्सालाई नियन्त्रणमा लिएर कागजपत्र लिएर आउन पटक पटक आग्रह गर्दा पनि महिनौंसम्म कागजपत्र पेश नभएका इरिक्सालाई फेरि चल्न नसक्ने गरी स्क्रयाच गरिएको नेपालगञ्ज उपमहानगरपालिकाका नगर प्रहरी प्रमुख सूर्य बोगटीले बताए ।