
धनगढी- कैलालीको धनगढीमा प्रहरीले भन्सार छलिका प्याज बेवारिसे अवस्थामा फेला पारेको छ । धनगढी उपमहानगरपालिका-३ ट्राफिक चोकमा अवैध रुपमा भारतबाट भन्सार छली ल्याएका प्याज बेवारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको प्रहरीले बताएको छ ।
अन्दाजी १९ हजार ५ सय मूल्य बराबरको प्याज शुक्रबार साँझ बरामद गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।
















