खाेज्नुहाेस

जुवाखालबाट गायक चक्र बमसहित कलाकारको टोली पक्राउ

Image

काठमाडौं– प्रहरी वृत्त सिंहदबारको टोलीले जुवाखालबाट कलाकारको टोलीलाई पक्राउ गरेको छ।घटना कात्तिक ११ गतेको भए पनि प्रहरीले मंगलबार मात्र जानकारी दिएको हो। ९ जनालाई जुवा खेल्दा खेल्दै ११ गते राति १० बजे पक्राउ गरेको थियो।

काठमाडौं महानगरपालिका–२९ मैतीदेवीस्थित रमेशनाथ पाण्डेको घरको दोस्रो तलामा भोजपुरको पात्लेपानी–२ घर भइ हाल मैतीदेवी बस्दै आएका गजित विष्टले सञ्चालन गरेको डान्स फिवर डान्स सिकाउने ठाउँमा जुवातास खेलिरहेको अवस्थामा उनीहरुलाई नियन्त्रणमा लिक्षएको हो।

attariya hospital
navjiwan hospital

उनीहरुको साथबाट एक लाख ९० हजार ९२० रुपैयाँ र एक बुक ताससमेत बरामद गरिएको छ।

पक्राउ पर्नेहरुमा भोजपुरको पात्लेपानी घर भई मैतीदेवी बस्ने ४५ वर्षीय गणेश विष्ट, ३८ वर्षीय नरेन्द्र विष्ट, ललितपुर–२४ का ३८ वर्षीय सुर्पमान स्याङतान, रुकुम पश्चिमको बाँफिकोट–२ का २६ वर्षीय रोशन सिंह र कैलालीको गोदावरी–२ का २९ वर्षीय चक्र बम रहेका छन्।

यस्तै काभ्रेको पाँचखाल–६ का ६० वर्षीय शैकरप्रसाद आचार्य, रामेछापको राकाथुम–१ २८ वर्षीय टाइम मगर< बुढानिलकण्ठ–९ का ३६ वर्षीय सुरेन्द्र साउद र स्याङ्जाको चापाकोट–७ का ३३ वर्षीय घनश्याम अधिकारी रहेका छन्।

पक्राउ परेका उनीहरुविरुद्ध अनुसन्धान भइरहेको प्रहरी वृत्त सिंहदरबारले जानकारी दिएको छ।