खाेज्नुहाेस

इजरायलबाट फर्किए २५४ नेपाली

Image

काठमाडौं – इजरायलबाट २५४ जना नेपाली बिहीबार राति स्वदेश फर्किएका छन्। उनीहरूलाई नेपाल वायुसेवा निगमको वाइडवडी विमानबाट नेपाल ल्याइएको हो। उनीहरूलाई लिन परराष्ट्रमन्त्री नारायणप्रकाश साउदसहित सरकारी अधिकारी इजरायल गएका थिए।

परराष्ट्रमन्त्री साउदले इजरायलबाट नेपाल फर्किन चाहने ५०३ मध्ये २५४ जनालाई नेपाल ल्याइएको र अन्यलाई पनि छिटै ल्याउने जानकारी दिए।

attariya hospital
navjiwan hospital

परराष्ट्रमन्त्री साउदले जोखिमपूर्ण स्थानबाट स्थानान्तरण गर्न आवेदन गरेका ५४ जनालाई सुरक्षित स्थानमा सारिएको पनि जानकारी दिए। इजरायलमाथि इजरायलमाथि हमास समूहको आक्रमणमा परी मृत्यु भएका १० जनाको शव नेपाल ल्याउनका लागि इजरायल सरकारसँग समन्वय भइरहेको पनि उनले बताए। कानूनी प्रक्रिया पूरा गरी प्रत्येक शवको छुट्टाछुट्टै विवरण राख्नुपर्ने र हाल इजरायलमा शवको सङ्ख्या अत्यन्तै बढी भएकाले प्रक्रिया पूरा गरी शव हस्तान्तरणका लागि केही समय लाग्ने इजरायली पक्षले जनाएको मन्त्री साउदले बताए।

हाल तेल अभिवबाट नियमितरुपमा व्यावसायिक हवाई उडान पनि सञ्चालन भइरहेकाले योपटक छुटेकालाई सरकारले नेपाल फर्काउन व्यवस्था गर्ने उनको भनाइ छ।

उद्धार गरी नेपाल ल्याइएका नागरिकलाई गन्तव्यमा पुर्‍याउन विमानस्थलमा नेपाल प्रहरीका तीनवटा बस तयारी अवस्थामा राखिएको थियो।