खाेज्नुहाेस

अनलाइनबाटै कृषि प्रविधि सिक्दै ओलानीका किसान

Image

अत्तरिया – भौगोलिक रुपमा विकट मानिने ओलानीका किसान प्रविधिको प्रयोगमा भने अब्बल देखिएका छन । प्रविधिको विकासलाई पछ्याउँदै ओलानीका किसान अनलाइनबाटै कृषिका नयाँ प्रविधि सिक्नुका साथै, कृषिमा देखिएका समस्या समाधान गर्न अग्रसर छन् । गोदावरी नगरपालिका – ११ ओलानीकी कविता बिकले अनलाइनबाट कृषि विज्ञ संग कुरा गर्न पाइएपछि प्राविधिक खोज्दै भेटनरी धाउनुपर्ने बाध्यता हटेको बताइन् ।

उनले गाउँमै समुहमा महिलाहरू जम्मा भएर कृषि यज्ञसँग अनलाइनबाट कुरा गरेर कृषिमा देखिएका समस्या समाधानका लागि विज्ञ सँग छलफल गर्ने गरेको बताइन् । तरकारी, खेती सँगै कुखुरा, बाख्रा पालन गरेकी उनले जियो कृषि एप मार्फत पनि कृषि प्रविधिका बारेमा जानकारी लिने गरेको बताइन् । ‘मैले मोबाइलमा जियो कृषि एप चलाउने गरेकी छु । त्यसमा पनि कृषि सम्बन्धी कुनै समस्या भएमा फोटो पठाएर प्रश्न सोध्न सकिन्छ’ उनले भनिन् ‘कृषि प्रविधिका बारेमा सिक्नको लागि भिडियो कल मार्फत प्रत्यक्ष रुपमा कृषि विज्ञ सँग पनि कुरा गर्छौ ।’ उनले भिडियो कलमा तरकारी, कुखुरा पालन सम्बन्धी यज्ञसँग कुराकानी गरेको बताइन् ।

add everest academy
attariya hospital

गोलभेडा खेती गरेकी नरु देवी बिकले विज्ञ सँग भिडियो कलमा तरकारी खेतीका बारेमा जानकारी पाएको बताइन् । उनले भिडियो कलमा कृषिमा देखिएका समस्याका बारेमा पनि प्रश्न सोध्ने गरेको बताइन् । ओलानीमा रहेको गोदावरी कृषि विकास सहकारी संस्था सँगको सहकार्यमा जियो कृषिले अनलाइन मार्फत किसानलाई कृषि सम्बन्धी जानकारी दिन थालेपछि किसानहरू अनलाइनबाट कृषि सम्बन्धी प्रविधि सिक्न थालेका हुन ।

सहकारीका अध्यक्ष कृष्ण बहादुर बिकले जियो कृषि सँगको साझेदारीमा सहकारीले एक जना कृषि प्राविधिक (जेटीए) नियुक्त गरेको बताए । उनले सहकारीका समुह मार्फत जियो कृषिको एप मार्फत किसानहरूलाई अनलाइन मार्फत कृषि प्रविधिका बारेमा जानकारी दिने गरिएको बताए ।

navjiwan hospital

‘हामीले प्राविधिक मार्फत किसानको खेतमा भएका समस्या समाधान गर्छौ । बढी समस्या देखिएको र नयाँ प्रविधिका बारेमा जानकारी दिन जियो एपमा उपलब्ध कृषि विज्ञ सँग अनलाइन मार्फत किसानको कुरा गर्न पनि कृषि प्राविधिकले सहजिकरण गर्छन’ उनले भने ‘सहकारीले जियो कृषि सँगको साझेदारीमा एन्ड्रोइड मोबाइल चलाउने किसानहरूलाई एपको प्रयोगबारे सिकाउँछौ ।’ उनले एपमा इ– चौतारी कार्यक्रम मार्फत उनीहरूले विज्ञ सँग भिडियो कल मार्फत सेवा लिने गरेको बताए ।

attariya technical collage

जियो कृषिका कैलाली कञ्चनपुर असिस्टेन्ट प्रोग्राम अफिसर रोसन साउँदले प्रत्येक १५ दिनको फरकमा किसानहरुको माग अनुसार भिडियो कल मार्फत विज्ञ सँग किसानहरू सँग कुराकानी गरिने बताए । उनले ई–चोतारी कार्यक्रम अन्तरगत किसानहरूको बढी समस्या भएको विषयमा विज्ञ सँग छलफल गराइने बताए ।

‘किसानले कृषिमा देखिएका समस्याहरू जियो कृषि एप मार्फत पठाउने गरेका छन । विज्ञहरूले तिनको समाधान पनि एप मार्फत दिने गरेका हुन्छन’ उनले भने ‘कुनै ठाउँमा एउटै समस्या धेरै किसानको देखिए त्यस्तो अवस्थामा हामीले एप मार्फत नै किसानहरूलाई मेसेज गरेर भिडियो कल (ई–चौतारी) कार्यक्रम गर्ने गरिएको छ ।’ उनले प्रत्येक किसानको हातमा मोबाइल नहुने भएकाले एकै ठाउँमा किसानहरू जम्मा गरेर भिडियो कल मार्फत किसानका समस्या समाधान गरिने बताए ।

जियो एपले स्थानीय तह र विभिन्न संघ संस्थाहरूको समन्वयमा गोदावरीमा कार्यक्रम सञ्चालन गरिरहेको छ । जसमा हाल २ हजार बढी किसान आवद्ध भएका छन । जियो कृषि एपमा किसानको खेतमा कुन बाली उत्पादन गर्दा सुहाउने देखि त्यस बाली उत्पादन गर्दा कसरी रोप्ने, खेत तयारी कसरी गर्ने, बाली व्यवस्थापन कसरी गर्ने जस्ता सूचना राखिएका हुन्छन । एपमा किसानले खेत दर्ता गरेर मलको मात्रा कति प्रयोग गर्ने भन्ने पनि जानकारी दिने गरिन्छ ।

यो एपमा कृषि बाली, तरकारी, फलफूलका खेती प्रविधिका बारेमा पनि जानकारी सँगै मौसम सम्बन्धी सूचना, पालिकाबाट प्रकाशित कृषि सूचना, रोग तथा किराहरुको सूचना र बजारीकरणका बारेमा जानकारी दिइने प्रोग्राम अफिसर साउँदले बताए ।