खाेज्नुहाेस

बझाङको जयपृथ्वीमा एमालेको प्रशिक्षण तालिम

Image

बझाङ – बझाङको जयपृथ्वी नगरपालिकामा नेकपा एमालेको प्रशिक्षण तालिम सुरु भएको छ । नेकपा (एमाले) जयपृथ्वी नगर कमिटीले शनिबारदेखि चैनपुरमा प्रशिक्षक प्रशिक्षण तालिम सुरु गरेको हो ।

navjiwan hospital

एमालेको पार्टी कार्यालयमा आयोजित दुई दिने प्रशिक्षक/प्रशिक्षण तालिकको नेकपा एमालेका पोलिटब्युरो सदस्य तथा बझाङ जिल्ला इन्चार्ज राजेन्द्र सिँह रावलले उद्घाटन गरेका छन ।

attariya hospital

उद्घाटन पश्चात बोल्दै उनले एमालेलाई गाउबस्ती स्तरमा लैजान तालिमले सहयोग पु¥याउने बताए । उनले कार्यकर्ताहरुलाई बैचारिक र राजनीतिक रुपमा बलियो बनाउन पनि तालिम महत्वपुर्ण हुने बताए । उनले एमालेका विचार र सिद्धान्तहरु जनतामाझ लैजान यस्ता तालिमहरुले टेवा पु¥याउने बताए ।

रावलले पहिलो दिन ‘महाधिवेशनद्धारा पारित सिद्धान्त, नीति, कार्यक्रम र कार्यदिशा’ विषयमा प्रशिक्षण दिएका छन् । यस्तै केन्द्रीय कमिटी सदस्य आशा कुमारी विकले ‘समाज, राज्य र कम्युनिष्ट पार्टी’का बारेमा प्रशिक्षण दिएकी थिईन ।